You are viewing the translated version of कसूरदारबाट क्षतिपूर्ति रकम असुल उपर गर्ने.
Rule 13
कसूरदारबाट क्षतिपूर्ति रकम असुल उपर गर्ने
प्रचलित कानून बमोजिम कसूरदारबाट पीडितलाई क्षतिपूर्ति वा राहत रकम भराई दिँदा त्यस्तो रकम भराई दिने अदालतको तहसिल शाखा वा सम्बन्धित अधिकारीले त्यस्तो कसूरको सम्बन्धमा पीडितले कोषबाट अन्तरिम क्षतिपूर्ति वा राहत प्राप्त गरेको भएमा कसूरदारबाट असुल उपर गरिएको क्षतिपूर्ति रकमबाट पीडितले अन्तरिम क्षतिपूर्ति वा राहत बापत कोषबाट प्राप्त रकम कोषमा फिर्ता दाखिला गरी बाँकी रकम पीडितलाई भराइ दिनु पर्नेछ।